गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । युवा स्टार अनमोल केसीको पछिल्लो स्पोर्ट्स ड्रामा नेपाली चलचित्र क्याप्टेनको रेड कार्पेट लन्डनस्थित अल्डरशटको प्रिन्सेस हलमा हुने भएको छ । यहि अप्रिल ६ तारिख शनिबारका दिन हुन गइरहेको उक्त रेड कार्पेट प्रिमियर शोका लागि नायक अनमोल केसी र भुवन केसी पनि यहि अप्रिल ४ तारिखका दिन लन्डन आइपुग्ने सपन इन्टरटेन्टमेन्टका निर्देशक सपन कुमार राईले जानकारी दिएका छन् । दिउसको ४ बजेबाट शुरु हुने रेडकार्पेटको लागि ३ बजेबाट दर्शकहरुको लागि प्रवेश द्वार खुल्ला राखिने छ । रेड कार्पेट शोमा अनमोल केसी र भुवन केसीसँग मीट एण्ड ग्रिट तथा फोटोसेसनको समेत कार्यक्रम रहेको छ । अनमोल केसी भने अप्रिल ६ को कार्यक्रममा मात्र उपस्थित हुनेछन भने अन्य शोहरुमा भने भुवन केसीमात्र रहनेछन । उक्त रेड कार्पेटमा १८ वर्ष भन्दा मुनिका लागि भने प्रवेश निशेध रहेको सपन राइले बताएका छन् ।
रेडकार्पेटमा उपस्थित हुनको लागि बेलायतवासी समक्ष नायक अनमोल केसीले भीडीयो शन्देश मार्फत अनुरोध गरेका छन् ।चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ भने अनमोल केसीले उपासना सिहं ठकुरी र प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन् । नेपालमा भर्खरै मात्र रिलिज गरिएको यस चलचित्रलाई सपन इन्टरटेनमेन्ट्स लिमिटेडले बेलायतमा प्रदर्शन गर्न लागेको हो । सपन इन्टरटेनमेन्ट्सले अन्य चलचित्रहरु “ड्रिम्स” “कृ” “लिलिबिली” “तिमीसंग” “म तिम्रै हुँ” जस्ता थुप्रै चलचित्रहरुको सफल प्रदर्शन गरिसकेको छ ।
नायक अनमोल केसीको निमन्त्रणा





