रेल नचल्दै भत्कियो लिक

विराटनगर । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानी आउँदा भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण गरिएको ढल निकास नाला सामान्य हावा पानी आउँदा भत्किएको हो ।

निर्माणधीन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेलको इञ्जिन परीक्षण गरिएको थियो । नेपाल तर्फ इञ्जिन परीक्षण गरिएको क्षेत्रमा करिब एक सय ८० मिटर ढल नाला भासिएको छ । रेल्वे परियोजनाको निर्माण भारतीय कम्पनी इरकोणले गरिरहेको छ । इरकोणबाट पेटी ठेकेदारले पनि काम पाएका छन् ।

काम चलिरहेका बेला शनिवार राति आएको असिना पानीले लिकको बीचमा निर्माण गरिएको नाला भत्किएको इरकोनका कर्मचारी संजीवकुमार देवले बताए । उनका अनुसार निर्माण भएको ६५० मिटर नालामध्ये करिब १८० मिटर नाला धसिएको हो ।

नाला रेलको लिकको बीचबाट पानी तथा ढल निकासाका लागि बनाइएको हो । नेपाल कस्र्टम यार्डमा निर्माण भएको पर्खालमा पनि असिना पानीले असर गरेको छ ।

निर्माणधीन रेल्वे परियोजना भारत बनथाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका –२ सम्म १८.१ किलोमिटर लम्बाई छ । सो मध्ये ८ किलोमिटर क्षेत्रमा काम
अन्तिम चरणमा पुगेको छ ।

नेपालतर्फ आउने रेल्वे परियोजनाका लागि भारत सरकारले ४ अर्ब ४८ करोड बजेट खर्च गरेको छ ।

रेलमार्ग निर्माणका लागि इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्जले ठेक्का पाएको थियो । सो कम्पनीले सन् २०१८ सम्ममा रेलमार्गको निर्माण पूरा गरिसक्नुपर्ने समय सीमा भए पनि मुआब्जा विवादले गर्दा निर्माणको मिति लम्बिएको छ ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित