पं. नीलकण्ठ स्मृति प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मानित

काठमाण्डौ – २०७१ सालमा स्थापित भई हरेक वर्ष प्रदान गर्दै आएको पं नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कार यो वर्ष पनि चार स्रष्टालाई प्रदान गरिएको छ । गत शनिबार भरतपुर ,चितवनमा सम्पन्न कार्यक्रममा भाषा ,साहित्य पुरस्कार प्राध्यापक डा. लक्ष्मण प्रसाद गौतमलाई , कला –संस्कृति पुरस्कार डा. कर्णबहादुर बानियालाई , प्रतिभा पुरस्कार डा. रोशन शेरचन तथा हस्तकला –पञ्चकला स्मृति नवप्रतिभा पुरस्कार सरु पौडेललाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नारायण ढकालले स्रष्टाहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रमको अवसरमा साहित्यकार तथा प्रतिष्ठानका संरक्षक लकाश पौडेलको दशौँ कृति ‘सुरालय’ (रुबाई संग्रह)को विमोचन समेत गरिएको थियो । सो कृतिको कृति समीक्षा डा. धनेश्वर भट्टाराईले गरेका थिए ।
नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा सम्पन्न सो कार्यक्रमको सञ्चालन कवि भुपिनले गरेका थिए भने अध्यक्ष्यता लकाश पौडेलको रहेको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित