काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरिक्षणका लागि मंगलबार जाने भएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेतारू हावाहुरी प्रभावित क्षेत्र जान लागेका हुन् ।
हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी टोलीले हावाहुरी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै अस्पतालमा रहेका बिरामीलाई भेटेको थियो । आइतबार साँझ आएको हावाहुरीले ठूलो क्षति र्पुयाएपछि पीडितहरूलाई भेट्न पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र देउवा त्यसतर्फ जान लागेको उनीहरूको सचिवालयले जनाएका छन् ।
नेकपा अध्यक्ष प्रचण्ड ११ बजे त्यसतर्फ जाने प्रचण्डको सचिवालयले जनाएको छ । यस्तै कांग्रेस सभापति देउवा बिहान ९ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।
लोकान्तर





