गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाल प्रेस युनियन बेलायतको प्लमस्टिडस्थित गेसो हलमा आइतवार सम्पन्न पहिलो अधिवेशनले विपिन निरौलाको अध्यक्षतामा १७ सदस्स्यीय कार्यसमितिको चयन गरेको छ । आइतवार सम्पन्न पहिलो अधिवेशनले निरौलालाई निर्बिरोध चयन गरेको हो । प्लमस्टिडस्थित गेसो हलमा नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा खेमराज रानाभाट, एभरेष्ट गौतम, सचिवमा मन्दीप केसी, सहसचिवमा कृष्णा अधिकारी, कोषाध्यक्षमा सन्तोष भट्टराई रहेका छन् । यसैगरी सदस्यहरुमा सर्वेन्द्र अधिकारी, दयालु देवकोटा, भीम खरेल, लालमणी भट्टराई, सिमी पून, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, मेनी भट्टराई, रोमियन लिम्बु र खुशी लिम्बु रहेका छन् । अधिवेशनले ७ जना महाधिवेशन प्रतिनिधि पनि चयन भए ।
महाधिवेशन प्रतिनिधिमा सञ्जयभक्त कँडेल, विनय अधिकारी, हेमन्त सेढाई, शिव भण्डारी, उपेन्द्र पौडेल, कुश बस्नेत र राजन खकुरेल चुनिए । नेपाली कांग्रेसको शुभेच्छुक पत्रकार संगठन नेपाल प्रेस युनियनको अधिवेशनको उद्घाटन सत्रमा नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाली दूतावास बेलायतका डिसीएम शरदराज अर्याल, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट ‘राजु’, नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी प्रदेश नम्बर ३ का संसद सदस्य बिजुला बर्मा, नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटी, जनसम्पर्क समितिका पूर्व अध्यक्ष बिनोद मोक्तान, जनसम्पर्क समिति अनुशासन समितिका विज्ञान प्रसाई, जनसम्पर्क समिति संस्थापक सदस्य ई राजेन्द्र खरेललगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । युनियनको पहिलो विदेश शाखाकारुपमा सन् २०१६ मा बेलायत शाखा स्थापना भएको थियो । युनियनको दोश्रो शाखा युनाइटेड अरब इमिरेटसमा स्थापना भईसकेको छ । सञ्जयभक्त कँडेलको सञ्चालनमा तदर्थ समितिका संयोजक बिपिन निरौलाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
बिपिन निरौलाको अध्यक्षतामा नेपाल प्रेस युनियन बेलायतको गठन
बिपिन निरौलाको अध्यक्षतामा नेपाल प्रेस युनियन बेलायतको गठन
तपाईको प्रतिक्रिया





