गोर्खा अनलाइन रेडियो यूके,
गैर आवासीय नेपाली संघको भावी नेतृत्वको लागि एनआरएन उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । नवौ विश्व सम्मेलनमा नै अध्यक्ष पदको दावेदार रहेका पन्तले अन्तिम घडीमा अध्यक्ष पदका अर्का दावेदार भवन भट्टलाई सहयोग गरेका थिए । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुन् गैरहेको १०औं विश्वसम्मेलनमा अध्यक्ष पदको लागि आफू सशक्त दाबेदारको रुपमा रहेको भन्दै पन्तले उम्मेदवारी दिन लागेको बताएका छन् । यसपटकको नेतृत्वमा आउनको लागि साथीभाई लगायत सम्पूर्ण शुभाचिन्तकहरुबाट समेत प्रोत्साहन र हौसला पाइराखेको पन्तले बताएका छन् । हालै नेपालमा भएको लागानी सम्मेलनमा सहभागी हुन नेपाल पुगेका भट्टले भावी नेतृत्वको लागि आन्तरिक गृहकार्य लगायत विश्वका बिभिन्न देशमा भेटघाट समेत शुरु गरिसकेको बुझिएको छ । गोर्खा जिल्ला स्थायी ठेगाना भएका पन्त अध्ययनको सिलसिलामा १९९० को दशकमा ग्रिस हुँदै हाल जर्मनीलाई कर्मथलो बनाउंदै आएका छन् ।
एनआरएन अध्यक्ष पदको लागि कुमार पन्तले उमेद्वारी दिने
एनआरएन अध्यक्ष पदको लागि कुमार पन्तले उमेद्वारी दिने
तपाईको प्रतिक्रिया





