बारा र पर्सामा आइतबार राति चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काईट्रकमार्फत काठमाडौं ल्याइंदै गरेको सेनाले जनाएको छ।
केहिबेरमा सेनाको स्काइ ट्रक काठमाडौंमा ल्याण्ड गर्दैछ। उनीहरूका लागि वीर अस्पतालका एम्बुलेन्सहरू तयारी अवस्थामा त्रिभूवन विमानस्थलमा राखिएको छ।
ल्याईदै गरिएका ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् । ४ जना वृद्ध मध्ये ३ जनालाई सुताएर ल्याइएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले बताए ।
सेतोपाटी





