प्रधानमन्त्री ओली हावाहुरी प्रभावित बारा जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी ओली हावाहुरीबाट प्रभावित बारा जिल्ला जाने भएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो गृह जिल्ला झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारा जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

आइतबार राति आएको हावा हुरीले बारामा ठूलो जनधनको क्षति भएको छ। प्रहरीका अनुसार बारमा हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। बारा र पर्सामा भएको जनधनको क्षतिपछि प्रधानमन्त्रीले झापाको सम्पूर्ण कार्यक्रम स्थगित गरी बारा जान लागेको प्रेस संयोजक अधिकारीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत बारा जाँदैछन्। प्रधानमन्त्री ओली मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए। तर हावा हुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री ओली आफ्नो सम्पूर्ण कार्यक्रम स्थगित गरेर बारातर्फ जान लागेका हुन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित