भिरबाट लडेर एकको मृत्यु

पर्वत : दक्षिण पर्वतको विहादी गाउँपालिकामा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । विहादी गाउँपालिका–३ रानीपानीका २१ वर्षीय श्रीलाल दर्जीको घर नजीकैको भिरबाट लडेर दिउँसो मृत्यु भएको हो ।
घरबाट बिहान बजार जान्छु भनेर शनिबार दिउँसो हिँडेका दर्जी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा स्थानीय डण्डारेभिरमा शव फेला परेको प्रहरीले जनाएको छ । दर्जीले साथीहरुसँग बसेर मदिरा पिएको र भिरको बाटो घर फर्कंदै गर्दा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकको शवपरीक्षणका लागि स्याङ्जाको वालिङ अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित