गोर्खा अनलाइन रेडियो यूके,
लण्डन । बेलायत भ्रमणमा अवसरमा हृदयघातका कारण निधन भएका नेपाल बालुवाटार निवासी प्रकाश बिक्रम बस्नेतको परिवारलाई क्षेत्री समाज यूकेले आर्थिक सहयोग गरेको छ । डाटफोर्डस्थित केन्ट निवासी पबित्र बिक्रम बस्नेतका पिता प्रकाशबिक्रम बस्नेतको ह्दयघातका कारण यहि मार्च १५ क दिन निधन भएको थियो । भ्रमणका क्रममा आफ्नो मेडिकल इन्सुरेन्स नगरेको हुँदा ठूलो आर्थिक बोझ झेल्नुपरेकोले छोरा पबित्र बिक्रम बस्नेतले सहयोगका लागि सम्पूर्ण अनुरोध गरेका थिए ।
छोटो समयमा पनि क्षेत्री समाज बेलायतको सकृयतामा १ हजार ३ सय ९१ पाउण्ड संकलन गरिएको समाजको उपाध्यक्ष तथा आपतकालिन कोषका संयोजक यज्ञ क्षेत्रीले जनाए । संकलित रकम संस्थाका अध्यक्ष राजन क्षेत्रीले उनको निवासमा पुगेर हस्तान्तरण गरेको क्षेत्री समाजले जनाएको छ । सो अवसरमा संस्थाका सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति थियो ।
मानविय विपतमा आर्थिक सहयोग गर्ने समाजका सबै सदस्यप्रति संयोजक क्षेत्रीले आभार व्यक्त गरेका छन् । क्षेत्री समाज बेलायतले आफ्नो स्थापनाकालदेखि नै स्वदेश तथा विदेशमा आइपर्ने आपतबिपतमा सक्दो सहयोग पुर्याउदै आइरहेको छ । भूकम्प, बाढीपैरो, आगलागी, दुखबिमार जस्ता थुप्रै कामको लागि सहयोग पुर्याउदै आइरहेको छ । भर्खरै मात्र लण्डनमा कविता कन्सर्टको आयोजना गरि सिन्धुपाल्चोक जिल्लाको टेकनपुरको एक विद्यालयमा विधुतीय पुस्तकालय सहितको दुइ कोठे भवन निर्माणको सहयोगार्थ १७ लाख रुपैयाँ संकलन गरेको छ ।





