गोर्खा अनलाइन रेडियो यूके,
पञ्चाङग निर्णायक समितिद्वारा वि.स. २०७६ साल अर्थात सन् २०१९/२० सालको आधिकारीक पात्रो सार्वजनिक गरिएको छ । पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गते तदनुसार सन् २०१९ को सेप्टेम्बर २९ तारिखबाट घटस्थापना शुरु हुने छ । वि.सं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ अगाडी सरेको छ । जस अनुसार असोज १८ गते अर्थात अक्टुबर ५ तारिख फुलपाती ,१९ गते अर्थात अक्टुबर ६ तारिख महाअष्टमी, २० गते अर्थात अक्टुबर ७ तारिख महानवमी र असोज २१ गते मंगलबार अर्थात अक्टुबर ८ तारिख विजयादशमी परेको छ ।
तेस्तैगरी तिहार कातिक १० गतेदेखि शुरु हुनेछ । १० गते अर्थात अक्टुबर २७ तारिख लक्ष्मीपुजा, ११ गते अर्थात अक्टुबर २८ तारिख गोवर्धन र म्ह पुजा र १२ गते मंगलबार अर्थात अक्टुबर २९ तारिख भाइटीका रहेको छ । कातिक १६ गते शनिबार अर्थात नोभेम्बर २ तारिख छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते अर्थात अगष्ट ५ तारिख नागपञ्चमी, साउन ३० गते अर्थात अगष्ट १५ तारिख जनैपुर्णिमा परेको छ ।
सुन्नको लागि प्ले गर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=JISPkn357zM[/embedyt]
तेस्तै गरि नारिहारुको महान पर्व हरितालीका तीजको दर खाने दिन भदौ २२ गते अर्थात सेप्टेम्बर १ तारिख र हरितालिका तीज वर्त २३ गते सोमबार अर्थात सेप्टेम्बर २ तारिखका दिन परेको छ । भदौ २८ गते अर्थात सेप्टेम्बर १४ तारिखबाट सोह्र श्राद्ध शुरु हुनेछ । फाल्गुन २६ गते सोमबार अर्थात मार्च ९ गते फागु पुर्णिमा पहाडी भेगमा र फाल्गुन २७ गते अर्थात मार्च १० तारिख तराइ भेगमा मनाइने भएको छ माता तीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन बैसाख २१ गते शनिबार मे ४ तारिखका दिन परेको छ ।
जेठ ४ गते अर्थात मे १८ तारिख चण्डी पुर्णिमा, किराँत, राई, लिम्बु जातिको उर्भ्यौली पर्व, गौतम बुद्ध जयन्ती परेको छ । भाद्र १३ गते अर्थात अगष्ट ३० तारिख कुशे औंशी, बुबाको मुख हेर्ने दिन, पुष २५ गते श्री स्वस्थानी व्रत आरम्भ र माघ २६ गते स्वस्थानी व्रत समाप्ति हुनेछ । पुष १५ गते अर्थात डिसेम्बर ३१ मा तमु ल्होसार, माघ ११ गते अर्थात जनवरी २५ तारिख श्रीवल्लभ जयन्ती, सोनाम ल्होसार परेको छ । वि.स. २०७७ सालको नयां वर्ष अर्थात बैसाख १ गते भने अप्रिल १३ तारिख सोमबारका दिन परेको छ ।





