Home > Blog > १४ विधामा फोटो पत्रकारलाई पुरस्कार दिइने

१४ विधामा फोटो पत्रकारलाई पुरस्कार दिइने

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले विभिन्न १४ विधामा फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्ने भएको छ।

एनएफपिजेले यहाँ आज पत्रकार सम्मेलन गरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७५’ प्रदान गरिने जानकारी दिएको हो।

फोटो पत्रकारिताका क्षेत्रमा विगत लामो समयदेखि सक्रियरुपमा क्रियाशील फोटो पत्रकार तथा लामो समय फोटो पत्रकारिता गरी हाल निवृत्त हुनुभएकामध्येबाट एक जनालाई प्रदान गरिने सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।

दैनिक जीवन फोटो पत्रकारिता विधा, खेलकूद फोटो पत्रकारिता विधा, महिला फोटो पत्रकारिता विधा, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता विधा र आर्थिक फोटो पत्रकारितालगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने महासचिव प्रदीपराज वन्तले जानकारी दिए।

त्यसैगरी राजनीतिक फोटो पत्रकारिता विधा, मनोरञ्जन फोटो पत्रकारिता विधा र सातवटै प्रदेशबाट एकएकजनाई उत्कृष्ट फोटो पत्रकारिता विधामा सो पुरस्कार प्रदान गरिनेछ । पुरस्कार जनही रु २५ हजार छ।

यसैगरी लामो समयदेखि प्रदान गर्दै आइरहेको हाम्रो संस्थाका आजीवन सदस्य हरिगोपाल प्रधानका नाममा स्थापित सम्मान विभन्न शीर्षकमा वितरण गर्दै आइरहेको साहसिक, खेलकूद, पर्यटन, सम्पदा र मनोरञ्जन विधाका अग्रज फोटो पत्रकार तथा फोटोग्राफरलाई यो वर्ष वैशाख १३ गतेको विशेष अवार्ड समारोहमा वितरण गरिनेछ।

सो पुरस्कार पाउने व्यक्तिको नाम छनोट गरी आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा प्रदान गरिनेछ। एनएफपिजे फोटो पत्रकारितामा संलग्न व्यावसायिक पत्रकार अधिकारका लागि विसं २०५३ मा स्थापना भएको हो।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1