काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ।
खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको नाम खुल्न सकेको छैन। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ।
विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले बताए।
रासस





