बर्दिया । बर्दियामा एक जना बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्।
बैकिङ कसुर मुद्दामा फरार रहेका गेरूवा गाउँपालिका ४ गिदरपुर बस्ने बाँके कोहलपुर नगरपालिका ११ घर भएका २२ वर्षीय मनोज डंगोललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उक्त मुद्दाको बारदात पश्चात भागी फरार रहेका डंगोललाई खोजी तथा पक्राउ गर्न ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको पत्राचारको आधारमा पक्राउ गरिएकोह हो।
ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट खटिएको प्रहरी टोलीले उनलाई पाताभार नजिक फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





