विप्लवसँग वार्ता गर्न तयार छौं: नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहसँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। तर वार्तामा बस्न विप्लव नेतृत्वको समूह तयार रहनुपर्ने उनले बताए।

‘वार्ताका लागि सरकार सधैं तयार छ,’ शनिबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले भने, ‘विप्लव नेतृत्वको समूह राजनीतिक समूह हुँदाहुँदै पनि उहाँहरुको गतिविधि गलत छ।’

सत्तारुढ नेकपाका नेतासमेत रहेका श्रेष्ठले गलत खालका गतिविधिलाई निरन्तरता दिएकोले सरकारले विप्लव समूहलाई प्रशासनिक तवरबाट नियन्त्रण गर्न खोजेको प्रष्टाए। हतियार छाडेर विप्लव नेतृत्व शान्तिपूर्ण वार्तामा आए समस्याको समाधान निकाल्न सकिने उनले बताए।

लामो समयपछि देशमा राजनीतिक स्थिरता आएको र विकासका लागि वातावरण बन्दै गए पनि अस्थिरता निम्त्याउने समूह सक्रिय रहनु दु:खद भएको उनको भनाइ छ।

‘संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अझै अस्थिरता कायम राख्ने गरी हुने सबैखालका गतिविधिलाई सरकारले नियन्त्रण गर्छ,’ प्रवक्ता श्रेष्ठले भने।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित