बचेको रकम क्याम्पसलाई

बलेवा : बागलुङ जिल्लामै पहिलोपटक शैक्षिक उन्नयनका लागि सञ्चालन भएको प्रथम बलेवा महोत्सवको आम्दानी खर्च सार्वजनिक भएको छ ।

महोत्सव सम्पन्न भएको एक महीनापछि आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बलेवाले आम्दानी खर्चको विवरण सार्वजनिक गरेको हो । गत फागुन २ गते देखि १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा झण्डै रु डेढ करोड आम्दानी भएको आयोजकले जनाएको छ ।

महोत्सवको अवसर पारेर कृष्ण गण्डकी क्याम्पस बलेवामा एक करोडको अक्षयकोष स्थापना गर्न चलाइएको सहयोग अभियान र अन्य क्रियाकलापबाट रु एक करोड ४७ लाख ५० हजार २१६ आम्दानी भएको मूल आयोजक समितिका संयोजक भरत पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा रु १३ लाख ८२ हजार १५९ खर्च भएको छ । महोत्सवको व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायतका शीर्षकमा खर्च भएको कोषाध्यक्ष स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

खर्च कटाएर बचेको रु एक करोड ३३ लाख ६८ हजार ५७ कृष्णगण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि अक्षयकोषमा राखिने अध्यक्ष पौडेलले बताउनुभयो । सहयोगी दाताको नाम, रकम र ठेगानासहितको विवरण तथा खर्चका शीर्षक तथा रकमसहितको विवरण नगरपालिकाका बलेवा क्षेत्रमा पर्ने चारवटै वडाका सार्वजनिकस्थलमा टाँसिने आयोजकले जनाएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यम र सार्वजनिकस्थलमा विवरण टाँस गरेर आर्थिक पारदर्शिता अपनाइने अध्यक्ष पौडेलले बताउनुभयो । बचेको रकम एक कार्यक्रमको आयोजना गरी क्याम्पसलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित