समाजसेवी जीव बेलबासे “हाई शेरिफ कम्युनिटी अवार्ड” द्वारा सम्मानित

गोर्खा अनलाइन रेडियो यूके ,

लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे ( हाई शेरिफ कम्युनिटी अवार्ड ) “High Sheriff Community Awards” द्वारा सम्मानित भएका छन् । उक्त अवार्ड व्यक्तिगत तथा सामुहिक रुपमा समाजका प्रतिष्ठित व्यक्तिहरुलाई समुदायमा उलेखनीय भूमिका खेले बापत हरेक वर्ष प्रदान गरिन्छ । यस किसिमको अवार्ड पाउने बेलबासे पहिलो नेपाली अन्तर्गत पर्दछन । उनले यस भन्दा अगाडी बेलबासे पनि बिबिसी कम्युनिटी हिरो अवार्ड, नेपाल ब्रिटेन डट कमको चर्चित टप टेन अन्तर्गतको मिडिया प्रसनालिटी अफ दि एयरद्वारा सम्मानित भैसकेका छन् । बेलायतको ह्याम्पशायर क्षेत्रमा सक्रिय समाजसेवीको रुपमा परिचित जीव बेलबासे अर्घाखाँची जिल्लाको खिल्जीमा जन्मिएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएन) संस्थापनकालदेखि सक्रिय बेल्बासेले बिशेष गरी बिगतमा एनआरएन अभियानमा महत्वपूर्ण योगदान दिएका छन् । उनी गैरआवासीय नेपाली संघ यूकेका पूर्व प्रवक्ता समेत हुन् । नेपालमा भइरहने प्राकृतिक प्रकोपका बेला सक्रिय भइ योगदान दिदै आएका बेल्बासेले भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकस्थित परोपकारी प्रा.वि. का संस्थाको सहकार्यमा नयाँ भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । अल्डरशट फान्ब्रो अर्थात रशमोर बरो एरियामा स्थानीय मानिसको नकारात्मक क्रियाकलाप एवम् दोहोरो तनाबलाई स्थानीय प्रहरी र काउन्सिलसँग मिलेर साम्य पार्न बेल्बासेले महत्वपूर्ण भूमिका निर्वाह गरे । रशमोर एरियाअन्तर्गत बस्ने जेष्ठ नागरिकका लागि हरेक एरियामा स्रोतको खोजी गरी योगा, नेपाली भाषा संस्कृति, साइट भिजिट, अंग्रेजी कक्षा, इन्फर्मेसन डे जस्ता कार्यक्रम नियमित सञ्चालन गर्दै आएका बेल्बासेले बेलायतमा काउन्सिल र स्थानीय प्रशासनसँग नजिक रहेर हरेक समस्याको समधान खोज्न समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली समूदायतको बाक्लो उपस्थिति रहेको रसमुर क्षेत्रमा चर्चा कमाउन सफल बेल्बासे नेपाली र बेलायती समुदायबीच समन्वय गर्न उनको ठूलै योगदान छ । रममुर क्षेत्रमा नेपालीमाथि गर्ने अध्यागमनसम्बन्धी समस्या समाधानको लागि विशेष पहल गरेका बेल्बासे स्थानीय अंग्रेसी मिडियासँग समेत नजिक ठानिन्छन् । बेल्वासेले हालै बेलायती प्रधानमन्त्रि टेरीजा मेलाई नेपाली समुदायको तर्फबाट बेलायतमा हुने जनगणनामा नेपाली पहिचान राख्न दबाब दिन ज्ञापनपत्र बुझाउदा समेत उनको महत्वपूर्ण भूमिका रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित