कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र

भीमदत्तनगर । निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् ।

साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले भने,“महाकालीतर्फ(पश्चिम) का पुल निर्माणको काम चार/पाँच महीना मुस्किलले हुन्छ ।” उनले वर्षात्का कारण महाकालीमा आउने बाढीका कारण पश्चिम क्षेत्रमा आठ÷नौ वटा पुल निर्माणमा समस्या आइरहेको बताए ।

“केही पुलमा देखिएको डिजाइन सच्याउन हामीले माथिल्लो निकायमा पत्राचार गरिसकेका छौं ।” प्रमुख भट्टले भने,“केही पुल निर्माण कम्पनीको लापरवाहीले निर्माणमा ढिलाइ भएको छ ।” कतिपय ठाउँमा तीन वर्षको अवधिमा पुलको पिल्लर मात्रै बनेको स्थिति छ । निर्माणाधिन पुलमध्ये कञ्चनपुरको देखतभूली–पर्सिया जोड्ने दोदा नदी पुलको समयावधि सकिए पनि निर्माण हुनसकेको छैन । त्यस्तै कृष्णपुर नगरपालिकामा पर्ने ओदाल खोला र खार खोलामा म्याद सकिएको एकवर्ष वितिसक्दा समेत निर्माणकार्य अलपत्र छ ।

त्यस्तै दोधारा–चाँदनी मलेरिया नाला पुल पनि सम्झौता सकिएको तीन महीना बितिसक्दासमेत निर्माणकार्य अलपत्र छ । भीमदत्त नगरपालिका–११ भुजेला खोला, कामीकाटे खोला पुल, मलेरिया नाला, पथरिया नाला पक्की पुल, जोगबुढा नदीको पुल र झिलमिला जोड्ने गन्दानालामा पुल निर्माणकार्य अलपत्र छ । यहाँको दोदा नदीमा बनाइएको काठे पुल तर्न स्थानीयवासीले शुल्क बुझाउनुपर्ने बाध्यता छ । पुल तर्न साइकलको रु पाँच र मोटरसाइकलले रु २० तिर्नुपर्ने बाध्यता छ । स्थानीय इटाहा बाबा मन्दिर सहयोग समिति दोदामा काठे पुल बनेको छ ।

स्थानीय शहादेव रानाले पुल नहँुदा वर्षौंदेखि समस्या भोग्दै आएको दुखोसो सुनाए । ‘पुल नहुँदा खेतीपातीका लागि नदी तर्न पनि समस्या छ ।’ रानाले भने,“नदी तर्ने क्रममा ज्यान समेत गएको अवस्था छ ।”
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित