पूर्वी चीनमा भएको एउटा केमिकल विस्फोटमा परी ४४ जनाको मृत्यु भएको छ। अन्य ९० जना घाइते भएका छन्। चिनियाँ संचारमाध्यमका अनुसार यो विस्फोट येनचङ शहरको तियानजियाइ केमिकलको एउटा संयन्त्रमा नेपाली समय अनुसार बिहीबार विहान ११ बजेर ३५ मिनेटमा भएको थियो।
विस्फोटपछि कारखानामा आगो लागेको बीबीसीले जनाएको छ। चीनको भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ रेक्टरस्केलको भूकम्प समेत गएको जनाएको छ। चिनियाँ सरकारी टेलिभिजनका अनुसार कारखानमा लागेको आगो शुक्रबार मात्र नियन्त्रणमा लिइएको थियो।
बीबीसी।





