इजरायली सेनाको कारबाहीमा दुई प्यालेस्टिनीको मृत्यु

नाब्लुस – इजरायल अधिनस्थ पश्चिम किनारामा इजरायली सेनाले चलाएको गोली लागेर गएराति दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मारिने प्यालेस्टिनीहरुमा २१ वर्षका राइद हमदान र २० वर्षका जाइद नुरी रहेका छन् । उनीहरु प्यालेस्टिनी शहर नाब्लुस नजिकैको धार्मिक स्थल जोसेफ टम्ब आसपास मारिएको बताइएको छ ।

इजरायली सेनाले जारी गरेको एक वक्तव्यमा येहुदी श्रद्धालुहरु जोसेफ टम्ब जानेक्रममा उनीमाथि लक्षित गरी एउटा गाडीबाट विस्फोटक पदार्थले आक्रमण गर्न खोज्दा सेनाले कारबाही गरेको उल्लेख छ ।

इजरायली पक्षतर्फ कुनै क्षतिको विवरण अद्यापी प्राप्त भएको छैन ।

नाब्लुस शहर इजरायली र प्यालेस्टाइन द्वन्द्वको एक प्रमुख स्थानका रुपमा रहेको छ । येहुदीहरुको विश्वासमा बाइबलमा वर्णित ज्याकोबका १२ औं छोरा जोसेफको जन्मस्थान यही स्थानलाई लिइने गरिन्छ ।

प्यालेस्टिनी मुस्लिम समुदायले भने इस्लामिक धर्मगुरु शेख युसेर (जोसेफ) ड्वाइकाटको दुई शताब्दीअघि यही स्थानमा दाहसंस्कार गरिएको दाबी गर्दै आएका छन् ।

यो स्थान पश्चिमी किनारामा रहेको प्यालेस्टिनी शरणार्थी शिबिरबाट पनि नजिकमा रहेको छ । पश्चिमी किनारालाई इजरायलले ५० वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ । इजरायली सेनाले नियमित रुपमा यस धार्मिक तिर्थस्थलमा गस्तीका साथ तिर्थयात्रीलाई भ्रमण गराउने गर्दछ ।
रासस/एएफपी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित