रुकुम । तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो।
साथै पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराइदिने अदालतले जानकारी दिएको छ। आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई विसं २०७५ माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले पक्राउ गरेको थियो।
पहिले पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको इजलास सहायक कुमार राणाले जानकारी दिए।
पुर्पक्षका लागि रुकुम (पश्चिम) कारागारमा थुनामा रहेका मदनलाई १९ वर्ष र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिए।
तीन महीनापछि खुल्यो मध्यपहाडी लोकमार्ग
भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री-टाएपछि सञ्चालनमा आएको हो। मध्यपहाडी लोकमार्ग खुलेसँगै यातायातका साधन सञ्चालनमा आएका छन्।
मध्यपहाडी लोकमार्ग खुलेपछि जिल्लावासीलाई यात्रामा सहज भएको छ। मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि सर्वसाधारण खुशी भएका छन्। मध्यपहाडी लोकमार्ग भएर सदरमुकाम रुकुमकोट, भुमेको काँक्रीबाट जिल्लाको तकसेरा हुँदै बागलुङ, पोखरा, चितवन, काठमाडौँ पुग्न सजिलो भएको छ।
सडक अवरुद्ध हुँदा रुकुम (पूर्व) का नागरिक काठमाडौँ पुग्न रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग र रोल्पा हुँदै शहीदमार्गको रुट प्रयोग गर्न बाध्य थिए।
राजधानी पुग्न राप्ती लोकमार्ग र शहीदमार्गभन्दा मध्यपहाडी लोकमार्ग भएर जाँदा झण्डै २०० किलोमिटर दूरी कम पर्ने गर्दछ। मध्यपहाडी लोकमार्ग खुलेसँगै लामो रुट प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको सिस्ने गाउँपालिका–५ का सुदन बस्नेतले बताए।
डिसी नेपाल





