गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जानुपर्छ : महामन्त्री कोइराला

काठमाडौं। हिन्दु राज्यको पक्षमा आवाज उठाउँदै आएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने बताएका छन्। यसअघि महामन्त्री कोइरालाले हिन्दु राज्यको पक्षको आवाज उठाउँदै आएका थिए।

तर महामन्त्री कोइरालाले हिन्दु राज्यसँगै गणतन्त्रसँगै संघीयताका विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने बताएका हुन्।
बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको जनाए।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दवाब दिन पनि सबैलाई आह्वान गरे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको बताए।

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवालाई आग्रह गरे। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्तामा जोड दिए।

कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि काँग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई् छ। महामन्त्री कोइरालाले पार्टी भित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको जिकिर गरे।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित