फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भोजपुर : जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो ।

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

त्यस्तै अदालतले अर्का एकलाई पुपक्र्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुपक्र्षका लागि कारागार चलान गरेको हो । राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीय बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ । राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित