जुम्ला । जुम्लामा १२ वर्षीय एक बालक गाई गोठमा मृत फेला परेका छन्।
जिल्लाको फेलासिजा गाउँपालिका २ बस्ने नरेन्द्रराज तिवारीको १२ वर्षीय छोरा प्रतिक तिवारीको शव फेला परेको हो।
प्रतिक आइतबार बिहान सोही ठाउँस्थित विष्णुहरी उपाध्यायको गाई गोठमा मृत अवस्थामा फेला परेका छन्।
बिहिबारदेखि घरबाट हराएका प्रतिकलाई खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल





