उत्तानो परेका त्रिभुवन : सरु पौडेल

थानकोटमा रहेको त्रिभुवन पार्कमा प्राय जसो मानिसहरु मनोरञ्जनकै लागि जाने गर्छन् । त्यही मनोरञ्जनको लागि त्रिभुवन पार्क अवलोकन गर्न जाने एक मानिसमा म पनि पर्छु । त्रिभुवन पार्क छिरेपछि पोखरीसँगै रहेको उत्तानो परेर ढलिरहेका त्रिभुवनको शालिक देख्दा लाग्यो म मनोरञ्जनको लागि आएको होइन । राजा त्रिभुवनको बिजोग हेर्न आएकी हुँ ।
खाइलाग्दो शरीर भएका त्रिभुवन त्यसरी भुइँमा ढलेको देखेर आँखामा आँसु पनि आए तर रोक्ने कोशिस गरेँ । सरसर्ती मैले पढेका राजा त्रिभुवनका योगदानहरु सम्झिएँ एकचोटी – २००७ सालको क्रान्ती ,त्रिपक्षीय लील्ली सम्झौता ,राणाशासनबिरुद्ध क्रान्ति गर्नको लागि दरबार छोडेर हिँड्नु , र जनताको खुसीको लागि लड्ने राजा त्रिभुवनलाई राष्ट्रिय विभूतिको रुपमा पढेको पनि सम्झिएँ ।
राजा त्रिभुवनको उक्त शालिक २०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्पले ढलाएको थियो । त्यसलाई उठाउनु राज्यको कर्तव्य हो तर राज्यले एक विभूति ढल्दा ,अनि राष्ट्रिय धरोहर ढल्दा पनि उठाउन नसक्नु यो के राष्ट्रप्रतिको सम्मान होला ?
उत्तानो परेर भुइँमा लडेका त्रिभुवनले आकाश नियालिरहेका छन् तर म भने त्रिभुवनलाई हेर्दै एक्लै कुरा गरिरहेँ ।
ऐतिहासिक ,साँस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण पार्क हो त्रिभुवन पार्क १६५ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क अहिले सडक विभागको कटानीको कारण १५५ रोपनीमा मात्र सीमित छ ।
राजा त्रिभुवनको मृत्युपछि वि.सं. २०२४ सालमा उनको सम्झनामा केशव शमशेर जबराको अध्यक्षतामा गठन भएको नौ सदस्यीय समितिले यो पार्क दर्ता गरी २०२८ सालमा निर्माण भएको थियो ,जसको उद्घाटन राजा वीरेन्द्रले गरेका थिए । सुरुमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क वि.सं २०३०÷३१ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । त्रिभुवनको सम्झनामा निर्माण गरिएकोले वि.सं.२०६५ भन्दा अघिसम्म यसलाई श्री ५ त्रिभुवन स्मारक समिति भनिन्थ्यो । वि.सं. २०६५ मा नाम परिवर्तन गरी सहिद स्मारक प्रकृति प्रतिष्ठान राखिएको थियो । यस पार्कमा अहिले वनभोजका लगायतका कार्यक्रमहरु हुन्छन् तर उत्तानो परेका त्रिभुवनलाई भने उठाउन सकिएको छैन । ती त्रिभुवनलाई उठाउन बजेट अभाव छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित