झापा । किचकबधको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका ४ निवासी लोकेन्द्र लिम्बुको १३ वर्षीय छोरा ईदम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार भद्रपुर २ स्थित ऐतिहासिक धार्मिक स्थल किचकबधको पोखरीमा साथीहरूसँग नुहाउन गएका इदमको शनिबार दिउँसो डुबेर मृत्यु भएको हो।
मृतक बालक भद्रपुर २ बस्ने राम लिम्बूको घरमा पाहुना आएका थिए। उनको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइसकेको छ ।
डिसी नेपाल





