१८० महिलालाई अण्डा वितरण

वालिङ : वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।

वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित रु ५० हजार रकमले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्ध वार्षिकरूपमा सञ्चालन गर्दै लैजाने बताउनुभयो ।

“वडा नं १ ले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै अण्डा वितरण गर्ने कार्य प्रशंसनीय छ”, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्यप्रति सजग रहँदै बजारमा प्याक गरिएका आहारभन्दा घरमै उत्पादन हुने पौष्टिक तत्वको अधिकतम प्रयोग गर्नतर्फ प्रेरित गर्दै जानुपर्छ ।”

बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।

वडा नं १ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाउनुपर्नेमा नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित