ओमन । ओमनमा एक नेपाली युवकले आत्महत्या गरेका छन्।
गुल्मी जिल्लाको ईस्मा गाउँपालिका २ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी (निराजन) ले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका छन्।
वैदेशिक रोजगारका क्रममा ओमनको राजधानी मस्कटको पुगेका रायमाझीले आत्महत्या गरेको बताईएको छ। दारसाईटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए।
वडाका वडाध्यक्ष कर्णध्वज जिसीले दुई महिना अघि मात्र उनका बाबु देवबहादुर रायमाझीको हृदयघातबाट मृत्यु भएको र यस अन्तरालमा छोराले पनि आत्महत्या गरेपछि रायमाझी परिवार मात्र नभई सिंगो पेगा गाउँ र रातडाँडावासी शोकाकुल भएको बताए।
मृतकको शव ओमनस्थित एक अस्पतालमा रहेको र नेपाली दुतावासले छिट्टै उक्त शव नेपाल पठाउने तयारी भइरहेको छ। रायमाझी गत ८ वर्षदेखि ओमनमा कार्यरत थिए। उनका दुई छोरा, श्रीमती आमा तीन दाजुभाई र दिदी बहिनीहरु रहेका छन्।
डिसी नेपाल





