बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

सप्तरी : सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए ।

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो । तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।

रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित