रोट¥याक्ट शान्ति दौड सम्पन्न

बागलुङ – सामाजिक कार्यमा क्रियाशिल रोट¥याक्ट क्लव अफ बागलुङले ७ दिवसिय कार्यक्रमका साथ संचालन गरेको रोट¥याक्ट सप्ताह अन्तरगत रोट¥याक्ट शान्ति दौड प्रतियोगिता सम्पन्न भएको छ । बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा रोट¥याक्ट क्लव अफ बागलुङले पनि बिभिन्न रचनात्मक कार्यक्रमका साथ शुरु गरेको सप्ताह व्यापी कार्यक्रम अन्तरगतको दोस्रो दिन स्कुल स्तरिय रोट¥याक्ट शान्ति दौड प्रतियोगिता सम्पन्न भएको हो ।

कालिका भगवती मन्दिर गेटवाट लोकतान्त्रिक चोक अर्थात बाघको शालिकसम्म भएको रोट¥याक्ट शान्ति दौड प्रतियोगितामा बिभिन्न बिद्यालयका गरि २० जनाको सहभागीता रहेको थियो । प्रतियोगितामा धौलागिरि बिरेन्द्र माविका बिद्यार्थी मनबहादुर बुढा प्रथम, अमर आदर्श माविका नृर्तिक घर्ती द्धितीय र चिल्डे«न लाइफ बोडिङ स्कुलका अजय पुन तृतीय भएको प्रतियोगिताका संयोजक सन्देश बोगटीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले खेल क्षेत्रको बिकास र खेलाडिहरुको प्रोत्साहनका लागि यस्ता खालका कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वास्थ्यमा लागि खेल अनिवार्य भएकाले सवैले खेलको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो ।

क्ल्वले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बिश्व रोट¥याक्ट सप्ताहको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम सहित चैत ५ गतेसम्म संचालन गर्ने गरि रोट¥याक्ट सप्ताह शुरु गरेको क्लवका अध्यक्ष बलबहादुर थापाले जानकारी दिनुभयो ।सप्ताह अन्तरगत चैत १ गते सुस्त मनस्थिती बिद्यालय उपल्लाचौरमा सामुहिक भोजन, चैत २ गते प्रभावकारी भाषण कला तालिम, चैत ३ गते रोटरी र रोट¥याक्ट बिच मैत्रीपूर्ण फुटसल, चैत ४ गते प्रसिद्ध धार्मिक स्थल पञ्चकोटमा पर्यटकिय बोर्ड व्यवस्थापन र चैत ५ गते सप्ताहको अन्तिम दिन छात्रबृति, पुरस्कार बितरण सहित समापन समारोहको आयोजना गरिएको मूल संयोजक ताराप्रसाद शर्माले जानकारी दिनुभयो । सप्ताहको पहिलो दिन फागुन २९ गते उद्घाटन समारोह सहित स्कुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको मूल संयोजक शर्माले बताउनुभयो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित