बागलुङ – विश्व रोट्रयाक्ट दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ बागलुुङले सञ्चालन गर्न लागेको सप्ताह व्यापी कार्यक्रम बुधबारदेखी सुरु भएका छन् । सप्ताह अन्तरगत पहिलो दिन बुधबार आयोजना गरीएको विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा न्यू ओएसिस एकिडेमी प्रथम, गणेश माध्यमिक विद्यालय नारायणस्थान द्धितिय र विद्या मन्दिर माध्यमिक विद्यालय तृतिय भएका छन् ।
प्रतियोगितामा बागलुङ नगरपालिका भित्रका ७ विद्यालय सहभागी भएका थिए । कार्यक्रम अन्तरगत बिहिबार कालिका भगवती मन्दिर प्रवेश द्धारदेखि बाघ चोक सम्म विद्यालय स्तरिय रोट्रयाक्ट शान्ति दौड आयोजना गरीएको छ । आगामि चैत ५ गते सम्म प्रत्यक दिन फरक फरक कार्यक्रमको आयोजना गरी सप्ताह मनाईंदै छ । बुधबार रोट्रयाक्ट सप्ताहको सुरुवात गर्दै जिल्ला समन्वय समितिका प्रमुुख राजेन्द्र ढुुङ्गानाले समाज परिवर्तन गर्न नैतिक शिक्षा अनिवार्य रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष धनबहादुुर परियार, रोटरी क्लव बागलुुङका अध्यक्ष विना कार्की, नेपाल प्रत्रकार महासंघका सचिव राम थापा अविरल, रोट्रयाक्ट क्लव अफ पर्वतका अध्यक्ष गणेश पौडेल लगायतले बोलेका थिए । कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष बलबहादुुर थापाको अध्यक्षता, ताराप्रसाद शर्माको स्वागत र क्लवका सचिव झोकेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो
ढोरपाटन दैनिक





