गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यहि मार्च १७ तारिख आइतबारका दिन लन्डनस्थित ह्यार्रो फुटबल क्लबमा हुन गइरहेको “कविता कन्सर्ट सीजन २” को लागि युवा कवि नवराज पराजुली मंगलबार दिउँसो लण्डन आइपुगेका छन् । लण्डनस्थित हिर्थ्रो विमानस्थलमा कवि पराजुलीको स्वागतका लागि गैरआवाशीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
विमानस्थलमा कुरा गर्दै कवि पराजुलीले नेपालबाट गुन्द्रुक र घ्यु लिएर आएजस्तै मैले पनि कविता लिएर आएको छु उपस्थितिको लागि बेलायतवासी सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरिलाई चुले निम्तो दिएका छन् । कार्यक्रमबाट संकलित रकम सिन्धुपाल्चोक जिल्लाको श्री कालिका मा.वि. टेकनपुर विद्यालयमा दुई कोठे भवन सहित विधुतीय पुस्तकालय स्थापनाको लागि सहयोग गरिने भएको छ ।
कार्यक्रम संयोजक रामशरण सिम्खडाले जानकारी दिए अनुसार उक्त विधुतीय पुस्तकालय निर्माणको लागि करिब १६ लाख उपियाँ बराबरको रकम लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण बेलायतवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले विनम्र अनुरोध गरेको छ । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
कविता कन्सर्टमा उपस्थितिको लागि कवि नवराज पराजुलीद्वारा चुलेनिम्तो ।





