Home > Blog > चितवनमा सिलिण्डर बम बिस्फोट

चितवनमा सिलिण्डर बम बिस्फोट

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ।

मंगलबार राति साढे १२ बजेतिर भएको बिस्फोटबाट वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेपनि बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ।

विष्फोट लग्गतै वडा कार्यालयमा आगलागी भएको भवनमा महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको हो। बिस्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1