काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा आपराधिक संगठन भएको ठहर गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपालाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो।
विप्लव नेकपाले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ।
मन्त्रिपरिषद् बैठकले विप्लवका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको बताइएको छ। राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको बताइएको छ।
डिसी नेपाल





