काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालिन नेकपा माओवादीकै संयन्त्र प्रयोग गरेर हतियार भित्राउँदै आएको खुलासा भएको छ।
विप्लव नेतृत्वको नेकपाले केही दिनदेखि काठमाडौँ लगाएतका विभिन्न ठाउँमा बम विस्फोट लगाएतका घटना घटाउँदै आएको छ।
खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको हुनसक्ने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताएका छन्।
प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए । अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्र्याएको देखिन्छ।’
डिसी नेपाल





