आन्दोलनरत समूहलाई वार्तामा आउन गृहमन्त्री थापाको अपिल

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज वीरेन्द्रनगर आएका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गरेका हुन् ।

राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिए। उनले भने, ‘राज्यविरुद्ध लाग्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउछौँ ।’

वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उनले भने, ‘देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ।’

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित