दैलेख । आठबिस नगरपालिका–४ कुनडाँडा खोटेसल्लास्थित कर्णाली नदीमा डुङ्गा चढी माछा लिन जाने क्रममा डुङ्गा पल्टिँन जाँदा नदीमा डुबेर सोही नगरपालिका–७ घर भई आठबिस नगरपालिका–४ खोलीबजारमा होटल गरी बस्ने ५५ वर्षीय लालबहादुर शाहीको शुक्रबार बिहान मृत्यु भएको छ ।
डुङ्गा पल्टिँदा उक्त नदीमा डुबेका शाही र अछाम पन्चदेवल नगरपालिका–९ बस्ने ३०वर्षीय चक्रबहादुर शाहीलाई प्रहरीले स्थानीयबासिन्दाको सहयोगमा उद्दार गरी उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा लालबहादुरको बाटोमै मृत्यु भएको हो ।
चक्रबहादुर शाही सकुशल रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डिसी नेपाल





