काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत्र १ गतेबाट राजधानीमा शुरु हुँदैछ ।
राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको स्वरुप तय गरिने राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य शशि भण्डारीले जानकारी दिनुभयो ।
फागुन ७ गते प्रधानमन्त्रीलाई २२ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएर फागुन मसान्तसम्मको बटमलाइन दिएको राप्रपा चैत्रको पहिलो साताबाट आन्दोलनमा उत्रिदैछ । हिन्दुराष्ट्रको पुनस्र्थापना, राजसंस्थाको विषयमा सर्वपक्षिय गोलमेच सम्मेलन, संघियताको खारेजी, भारतसँग भएको १९५० को सन्धि र असमान सम्झौता पुनरावलोकन र खारेजीको मुद्दासहित राप्रपा संघर्षमा जान लागेको भण्डारीले बताए । उनका अनुसार उक्त बैठकबाट केन्द्र, प्रदेश र जिल्लामा गरिने आन्दोलनको स्वरुप समेत तय गरिने बताइएको छ ।
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै ।
राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै ।
तपाईको प्रतिक्रिया





