सैनिक दिवसः प्यारासुट नखुलेपछि सुन्धारामा टेलिकमको भवनमाथिबाट भुइँमा बजारिए सैनिक

काठमाडौं। सेना दिवसको अवसरमा नेपाली सेनाले राजधानीको टुँडिखेलमा सैनिक कौशल देखाउने क्रममा एक सैनिक दुर्घटनामा परेका छन् । नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी सुन्धारास्थित नेपाल टेलिकमको भवनमाथिबाट भुइँमा बजारिएका हुन् । उन हेलिकप्टरबाट प्याराग्लाइडिङ कौशल देखाउने क्रममा दुर्घटनामा परेका हुन् ।

हेलिकप्टरमा गएका हवल्दार घण्डारीले टेलिकमको भवनमाथिबाट हाम्फालेका थिए । तर, उनले हाम्फालेसँगै खुल्नुपर्ने प्यारासुट नखुलेपछि उनी भुइँमा बजारिए । सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै तल झरेका थिए। घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित