वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्षीय गौतमको गए राति निधन भएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए।

शनिबार दिउँसो मुटुमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। रहस्य साप्ताहिकका सम्पादक रहेका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहेका थिए।

रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ। गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिएका छन्। काठमाडौँ शाखाबाट उनी महासङ्घको केन्द्रीय पार्षद रहेका थिए।

लाजिम्पाटमा बस्दै आएका उनका एक छोरा र श्रीमती छन्। यसै वर्ष उनी प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका थिए।

उनको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौँ शाखाले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको अध्यक्ष बिडारीले बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित