Home > Blog > मीनराजले बजाए काठमाण्डौमा पिपिरी

मीनराजले बजाए काठमाण्डौमा पिपिरी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

मीनराज वसन्तको आख्यान ‘पिपिरी’ काठमाडौंको कुञ्ज थिएटरमा विमोचन गरिएको छ । कवि हाङयुग अज्ञात, लेखक तथा समालोचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।
कवि हाङयुग अज्ञातले ‘पिपिरी’ बाल्यकाल स्मरण गराउने गज्जबको आख्यान भएको बताए । उनले भने, ‘एउटा बालकको आँखाबाट समाजको परिवेश, अँध्यारा पक्ष र अन्धविश्वासलाई देखाउन खोजिएकाले उपन्यास पठनयोग्य छ ।’ लेखक एवं समालोचक सगुना शाहले आफू सहरमा जन्मिए पनि ‘पिपिरी’ पढेपछि गाउँमा पुगेको अनुभूति भएको बताइन् । उनले भनिन्, ‘गाउँको जनजीवन बुझ्न मलाई सहज भयो ।’
आख्यानकार अमर न्यौपानेले समाजको परम्परा, अन्धविश्वास र बेथितिलाई आफ्नै आँखाले नियाल्ने बालकको कथा भएको बताए । उनले भने, ‘मीनराजले आख्यानमा आञ्चलिकता प्रयोग गरेको हुनाले कथा पढ्दा पाठकलाई निकै रोचक अनुभूति हुन्छ ।’ लेखक मीनराजले आफू गाउँमा जन्मिएर गरिबी र अप्ठेरा परिस्थिति झेल्दै हुर्किएकाले ‘पिपिरी’ त्यसैको उपज रहेको बताए । गाउँमा जन्मेका जो कोहीलाई पनि पिपिरीले एकचोटी बाल्यकालमा फर्काइदिन्छ भन्दै लेखकले बाल्यकालमा आफू खेलेका पाखा पखेराहरुलाई पनि स्मरण गरेको बताए ।
‘पिपिरी’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1