गोर्खा नालाइन रेडियो यूके,
नेकपाका बरिष्ठ नेता एवं पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा निधन भएको छ । उनलाई २४ माघदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएको थियो ।
यसघि उनलाई ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा राखिएको थियो । पछिल्लो समयमा अधिकारीको फोक्सो र मुटुले लगायतका अन्य अन्घरुले पनि राम्रोसँग काम गरिरहेको थिएन । ह्याम्स अस्पतालको क्रिटिकल केयर सर्भिसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा. भाष्कर राज पन्तले शनिबार राती ९:३५ बजे विज्ञप्ती जारी गरि अधिकारीको निधन भएको पुष्टी गरेका हुन् ।
गत पुस २३ गतेदेखि अस्वस्थ बनेका अधिकारीलाई सुरुमा ललितपुरको मेडिसिटी अस्पतामा भर्ना गरिएका थियो। थप उपचारका लागि धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल लगिएको थियो। उनको स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । स्व. अधिकारीको शव पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिने भएको छ। अधिकारीको पार्थिव शरीर भोलि विहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलिको लागि केन्द्रीय कार्यालयमा राखिने श्रेष्ठले जानकारी दिए ।





