सात महीनामा १५जबर्जस्ती करणीको उजुरी

वालिङ। चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ ।

बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार २०७५ असार २४, साउन ३, भदौ ७, भदौ २०, भदौ २१, भदौ २२, असोज ६, असोज १९, कात्तिक २७, मङ्सिर ४, पुस ७, पुस १४, पुस २१, माघ १, माघ १४ को मितिमा जिल्लास्थित विभिन्न प्रहरी कार्यालयमा पीडितका परिवारले जाहेरी दिएका थिए ।

पीडितपक्षको जाहेरीपश्चात प्रहरीले पीडकलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ भने फरार रहेकाको खोजीकार्यलाई तीव्रता दिएको छ । बालिका एकल तथा सामूहिक बलात्कारको सिकार भएका छन् ।

गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका छ गरी कूल २३ उजुरी प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीमा पाँच र जबर्जस्ती करणी उद्योगमा छ गरी कूल ११ उजुरी परेको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित