चितवन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहिबार अपराह्न ३ बजे आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।
स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।
रासस





