Home > Blog > प्रेम गर्न सिकाउँदै रञ्जना

प्रेम गर्न सिकाउँदै रञ्जना

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

विगत एक दशक देखि साहित्य लेखनमा कलम चलाउँदै आउनु भएकी साहित्यकार तथा समाजसेवी रञ्जना कार्कीद्धारा लिखित उपन्यास “प्रेमको महासागर” अब छिट्टै पाठकहरु माझमा आउने तयारीमा रहेको छ। क्यानडा र अमेरीकाको विचमा रहेको विश्व प्रसिद्ध झरना नियाग्रा फल्समा भएको प्रेमिल प्रसंग जोडिएको उक्त उपन्यास धेरै रोमाञ्चक र आजका युवा पुस्ताहरुको प्रेम जीवनमा मेल खाने कथा वस्तु रहेको साहित्यकार रञ्जना कार्की बताउनुहुन्छ। हाल क्यानडामा बस्दै आउनु भएकी कार्की साहित्य लेखनमा सानै देखि कलम चलाउँदै आउनुभएको छ ।

साहित्य मेरो जीवन हो,साहित्यद्वारा समाज र देशलाई सदमार्गमा अगाडी बढाउन चहान्छु भन्ने आत्मविश्वासका साथ प्रवासमा रहेर पनि कलम चलाउनु भएकी कार्कीले
धेरै समयको अन्तराल पछि पहिलो पुस्तकको रुपमा उक्त उपन्यास प्रकाशित गर्न लाग्नुभएको छ। सहयात्री दर्पण नेपालको प्रकाशनमा प्रकाशित हुने उक्त उपन्यासलाई सहयात्री दर्पण नेपालका अध्यक्ष तथा साहित्यकार गोबिन्द कडेल आँसुले सम्पादन गर्नु भएको छ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1