कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलिकोप्टर दुर्घटनामा सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीकोे निधन भएकामा गहिरो दुःख प्रकट गरेका छन्।

मुख्यमन्त्री शाहीले बुधबार साँझ शोक वक्तव्य जारी गर्दै बुधबार अपराह्न ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातै जनाप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

जारी शोक वक्तव्य भनिएको छ, “यो अकल्पनीय, अप्रत्यासित र दुखद् घटनाबाट एकातिर जनताप्रति समर्पित योग्य जननेता गुमाउँदा मुलुकलाई अपूरणीय क्षति पुगेको छ भने अर्कोतिर निजी क्षेत्रबाट मुलुकको विकासमा समर्पित उद्यमी, राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर चालकलाई गुमाउनुपरेको छ।”

विद्यार्थी आन्दोलनदेखि नै प्रष्ट, अध्ययनशील र दूरदृष्टि राख्ने नेताका रुपमा लोकप्रियता हासिल गर्दै आफूलाई एक अब्बल राजनीतिकर्मीका रुपमा स्थापित गरिसकेका मन्त्री अधिकारीसहित पर्यटन उद्यमी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, चालक प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुन घिमिरेले देश विकासमा गरेको योगदान मुलुकका लागि सदा स्मरणीय रहने शोक वक्तव्यमा उल्लेख गरिएको छ।

मुख्यमन्त्री शाहीले मृतक सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजन एवं आफन्तमा गहिरो समवेदना प्रकट गरेका छन्।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित