रवीन्द्र अधिकारीकाे जीवनी

गोर्खा अनलाइन रेडियो यूके,

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ । बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया , मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

अधिकारीको जीवनीः

पिता – इन्द्र प्रसाद अधिकारी
माता – लक्ष्मीदेवी अधिकारीको
जन्म मिति – बि.सं. २०२६ साल बैशाख २२ गते जन्मस्थल – कास्की भरतपोखरी गाबिस-९ जामुनाबोटमा
श्रीमती – बिद्या भट्टराई( तत्कालीन विद्यार्थी नेतृ , हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत आरआर क्याम्पसमा प्राध्यापनरत)
अध्ययन – ब्यवस्थापनमा स्नातकोत्तर
सन्तान : दुई छोरा

विद्यार्थी राजनीति :

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष

विद्यार्थी आन्दोलनमा उल्लेख्य :

#शिक्षामा भएको निजीकरण र ब्यापारिकरण विरुद्ध लामो संघर्ष
# प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलनको अगुवाइ
# वहुचर्चित कालापानी मार्चको नेतृत्व
# सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध
#शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने आन्दोलनको नेतृत्व
# यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई।

राजनीतिक यात्रा :

१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९. रुपान्तरित व्यबस्थापिका संसदको सदस्य ।
१०.२०७४ को आमनिर्वाचनमा पुन: तेस्रोपटक कास्कीवाट प्रतिनिधि सभामा निर्वाचित
११.नेकपाका केन्द्रीय सदस्य
१२.वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री

कृति/प्रकाशन

१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
३. बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित