काठमाडौं। मुलुकमा यतिबेला दुई तिहाई बहुमतको सरकार छ। कठीन निर्वाचन प्रणाली भएको मुलुकमा पनि दुई तिहाई बहुमतको सरकार हुनु भनेको सत्तारुढ दललाई जनताले आँखा चिम्लेर विश्वास गरेको रुपमा बुझ्ने धेरै छन्। तर जनताको विश्वास अनुसार सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना हुन थालेको छ।
पछिल्लो समय सरकारले आफ्नो सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित गर्नुभन्दा पनि पार्टीभित्रको आन्तरिक किचलोमा केन्द्रित हुन पुगेको छ। गत निर्वाचमा सबैभन्दा ठूलो दल बनेको नेकपाभित्र यतिबेला चरम गुटबन्दी सुरु भएको छ।
नेकपाभित्र यतिबेला देखिने गरी तीन गुट छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले नेकपाभित्र छुट्टाछुट्टै गुट चलाइरहेका छन्। जसकाकारण पार्टी एकताका बाँकी काम अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।
सरकारको काम प्रभावकारी भएको भन्दै चर्को आलोचन पनि सुरु भएको छ। योबीचमा केही मन्त्री परिवर्तन गर्ने चर्चा पनि चलेका छन्। तर पार्टीका आफ्नो प्रभाव कायम राख्न नेताहरुको होड चल्न थालेपछि सरकारको काम प्रभावकारी नभएको विश्लेषण हुन थालेको छ। वरिष्ठ नेता माधव नेपालले पार्टी र सरकारको कामप्रति सार्वजनिक रुपमा नै असन्तुष्टि जनाउन थालेका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्र पनि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले छुट्टाछुट्टै गुट चलाइरहका छन्। जसका कारण प्रमुख प्रतिपक्षका रुपमा निर्वाह गर्नुपर्ने भूकिमा प्रभावकारी हुन सकेको छैन। सभापति शेरबहादुर देउवाले महासमिति बैठकले दिएको निर्देशन विपरित बहुमतको आधारमा निर्णय गरेको भन्दै नेताहरु रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले मंगलबार बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको छ।
कांग्रेसभित्र महाधिवेशनको समय नजिकिएसँगै आगामी नेतृत्वलाई लिएर हानाथाप सुरु भएको छ। वर्तमान सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट निर्विकल्प उम्मेद्वार हुने पक्का छ भने संस्थापनइतर पक्षबाट अहिलेसम्म उम्मेद्वारको टुंगो लागिसकेको छैन।
तर पछिल्लो समय कोइरालका परिवारका तीनै जना नेता डा। शेखर कोइराला, डा। शशांक कोइराला र सुजता कोइरालाले आगामी नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गरिसकेका छन्। पछिल्ले समय डा। शेखर कोइराला निकै सक्रिय छन् उनी देश दौडाहा गरिरहेका छन्।
कोइराला परिवारबाट सक्रिय राजनीतिमा रहेका तीनै जनाले कांग्रेसको अबको नेतृत्व कोइराला परिवारले गर्ने उद्घोष गर्नु र डा। शेखर कोइरालाले आफ्नो सक्रियता बढाएपछि अहिले संस्थापन पक्षले कोइराला परिवारबाट आगामी सभापतिको उम्मेद्वार शेखर नै हुन् भन्ने आँकलन गर्दै सभापति देउवाले शेखरमाथि प्रहार थालेका छन्।
गत बुधबार वीरगंज पुगेका सभापति देउवाले ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छरु हामी जेल पर्दा र आन्दोलन गर्दा कहाँ थिए उनीहरु रु यो पार्टीमा कोइराला भन्दैमा सभापति हुन पाइन्छ रु कांग्रेस कोइरालाका छोरा–नातिको होइन, बढ्ता बोल्नेरु’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले आफूलाई राजनीतिक रुपमा फाइदा नै गरेको डा। शेखरले आफू निटकसँग बताउने गरेका छन्।
अहिले कांग्रेसभित्र गर्नुपर्ने धेरै कुरा बाँकी छ। महासमिति बैठकले पारित गरेका पार्टीको विधान, राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावलाई लागू गर्ने विषयमा सहमति खोज्दाखोज्दै महिना बिताएको छ । राजनीतिक प्रस्ताव र आर्थिक प्रस्तावमा सहमति जुटे पनि विधानका विषयमा सहमति जुट्न सकेको छैन। अघिल्लो वर्ष सम्पन्न प्रतिनिधीसभाको चुनावले पाँचवटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्।
डिसी नेपाल





