१२ प्रहरीलाई पुरस्कार सिफारिस

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत १२ प्रहरीलाई पुरस्कृतका लागि सिफारिस गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै नगदसहित पुरस्कृत गर्न सिफारिस गरेको हो ।

सिफारिस गरिएकाहरुमा पुस महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव निरीक्षक अवदेश विष्ट क्षेत्री, कालीकोटका प्रहरी नायव निरीक्षक रमेश पन्थी, जुम्लाका प्रहरी हवल्दार हिक्मत थापा, सुर्खेतका प्रहरी जवान शिव गिरी, दैलेखका प्रहरी जवान पूर्णकुमारी खड्का र नगर प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक ढुण्डीराज अधिकारी हुनुहन्छ ।

त्यस्तै, माघ महीनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्री, कालीकोटका प्रहरी सहायक निरीक्षक निरज सिंह तथा जवान पार्वती बुढा, रुकुम (पश्चिम) का प्रहरी जवान प्रकाश शाही, अस्थायी ट्राफिक प्रहरी पोष्ट छिञ्चुका प्रहरी हवल्दार टोपबहादुर महतारा र इलाका प्रहरी कार्यालय दुल्लुमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर घर्ती हुनुहुन्छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले विभिन्न विधामा मासिक कार्ययोजनाबमोजिम उत्कृष्ट कार्य गरेकालाई पुरस्कृत गर्न लागिएको जानकारी दिनुभयो । “कार्यक्षेत्रमा इमान्दारीपूर्वक खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई मासिकरूपमा पुरस्कृत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले प्रहरी कर्मचारीको मनोबल बढ्ने र आफ्नो कार्यप्रति थप इमान्दारी बनाउन हौसला बढ्ने अपेक्षा लिएका छौँ ।”
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित