घाज्नी । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ।
अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो।
आक्रमणमा अन्य ४ जना सैनिक घाइते भएको स्थानीय अफगानी सञ्चार माध्यमहरुले जनाएका छन्।
धेरै वर्षदेखि जारी गृहयुद्धका कारण अफगान सेनाभित्र बेलाबखत आफ्नै सहकर्मीको हत्या हुने गरेको छ।
डिसी नेपाल





